Ultimate magazine theme for WordPress.

पारस खड्कालाई कोरोना, हिजोदेखि गन्ध र स्वाद थाहा पाउन छाडेका थिए

247

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । खड्का स्वयंले आफूलाई कोरोना संक्रमण भएको शुक्रबार साँझ ट्विटरमार्फत जानकारी दिएका हुन् ।

आफूलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि दुई दिनदेखि आइसोलेट भएर बसेको उनले बताएका छन् । हिजो साँझबाट सुध्ने र स्वाद थाहा पाउने क्षमता गुमेको उनले जानकारी दिएका छन् ।

आज बिहान गरिएको पिसिआर परीक्षणको रिपोर्ट साँझ आएको र रिपोर्ट पोजेटिभ आएको पासरले बताएका छन् । अहिले चिकित्सकको निगरानीर सुझाव अनुसार घरमै आइसोलेसनमा बसिरहेको खड्काले जानकारी दिएका छन् ।

चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको सहयोगार्थ भोलिबाट हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता गुमाउनु परेकोमा दुःखी भएको उनले बताएका छन्।