Ultimate magazine theme for WordPress.

प्रधानमन्त्री ओलीको हात ‘राजावादी सडकमा आउनुमा’

227

काठमाडौं उपत्यकासहित झापा, मोरङ, वीरगञ्ज, पोखरा, बुटवललगायत मुलुकका प्रमुख शहरहरुमा राजावादीहरुले प्रदर्शन गर्दै आएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहको तस्बिरसहित भइरहेका प्रदर्शनमा ‘राजा आऊ देश बचाऊ, राजतन्त्र पुनर्स्थापना गर, हिन्दु राष्ट्र कायम गर, संघीयता खारेज’जस्ता नारा लाग्ने गरेको छ ।

संवैधानिक व्यवस्थाविरुद्ध राजावादीहरुले राजतन्त्रको पुनर्स्थापना र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शन गरिरहेका छन् ।

सात दशक राजनीतिक संघर्षपश्चात प्राप्त उपलब्धी र संवैधानिक व्यवस्थाविरुद्ध प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्वदलीय बैठक राखेर त्यस्ता प्रदर्शनलाई प्रोत्साहन हुने कार्य नगर्न अनुरोध गरे ।

 

सम्बोधनको अधिकांश समय प्रधानमन्त्री ओलीविरुद्ध खर्चिएका मन्त्री आङ्बोले ओलीलाई प्रधानमन्त्रीबाट नहटाए विद्यमान समस्या समाधान नहुने बताए । प्रधानमन्त्री ओलीले संघीयता नै नचाहेको उनको आरोप छ ।

राजावादीहरुको प्रदर्शनमा नेकपा, कांग्रेससहित दलका समर्थकहरुको सहभागी हुन थालेपछि प्रधानमन्त्री ओलीले संविधान विरोध गतिविधिलाई रोक्न एकजुट हुनुपर्ने बताए ।

तर, सडकमा राजावादीहरुले प्रदर्शन गर्नु नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको हात रहेको स्वयं नेकपा केन्द्रीय सदस्यसमेत रहेका प्रादेशिक मन्त्री इन्द्रबहादुर आङ्बोले आरोप लगाएका छन् ।

भारत र चीनको उच्चस्तरीय नेपाल भ्रमण र राजसंस्था पुनर्बहाली प्रदर्शनको संकेत भारत र चीनको उच्चस्तरीय नेपाल भ्रमण र राजसंस्था पुनर्बहाली प्रदर्शनको संकेत

झापाको दमकमा प्रदेशस्तरीय अनेरास्ववियुको भेलालाई आइतबार सम्बोधन गर्दै प्रदेश १ का आर्थिक मामिला मन्त्री आङ्बोले सडकमा राजावादीहरू आउनुमा प्रधानमन्त्री ओलीकै हात रहेको जिकीर गरेका हुन् ।