Ultimate magazine theme for WordPress.

विश्वप्रकाशको चेतावनी : सुतेको बाघलाई जिस्क्याउने काम नगर्न सरकारलाई

97

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध आज देशभर विरोध प्रदर्शन गरिरहेको छ । देशका ७७ वटै जिल्लामा हुने प्रदर्शनमा कांग्रेसका केन्द्रिय नेताहरुलाई खटाइएको छ ।

काठमाडौंबाट विरोध सभालाई वरिष्ठ नेता रामचन्द्र पौडलले सम्बोधन गर्दै छन् । त्यस्तै मकवानपुको विरोध प्रर्दशनमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् ।

आज हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सुतेको बाघलाई जिस्क्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । उनले महामारीका बेला सडकमा आउने चाहना नभएको तर सरकार नसच्चिएपछि सडकमा आउनु परेको बताएका छन् ।

उनले भने “महामारीका बेला सडकमा किन आउनुपर्‍यो ? हामीलाई पनि चाहना थिएन । सरकारले भनेको मानेर घरघरमै बसेकै थियौँ । सरकारलाई चुपचाप सघाएकै थियौँ । कांग्रेसको तर्फबाट ५० लाख लगेर सरकारलाई दिएकै हौँ । तर सरकार सच्चिएन ।”

उनले कोरोना महामारीका बेला नेकपाको सरकार बालुवाटारमा घाम तापेर सत्ताको खेल खेलेको पनि बताएका छन् । सम्बोधनको क्रममा शर्माले सरकारले वाइडबडी, स्वास्थ्य सामग्री खरिदमा भ्रष्ट्रचार गरेको बताए ।