Ultimate magazine theme for WordPress.

ओली र प्रचण्ड एकल वार्तामा

128

काठमाडौं । स्थायी कमिटीको बैठकअघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एकल वार्ताका लागि बालुवाटारमा बसिरहेका छन् ।

निकै तनावमा रहेका दुइ अध्यक्षलाई भेट गराउने काम प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरेको नेकपा सूत्रले बताएको छ ।

पोखरेल मेलमिलापको एक सूत्रीय सुझाव लिएर बुधबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

पोखरेलको सुझाव पछि दुइ नेता एकल वार्ता गर्न राजी भएका समाचार सूत्रको भनाई छ ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराएपछि प्रधानमन्त्री ओली विरुध्द प्रचण्ड सहितका शीर्ष नेकपा नेता खनिएका थिए ।

साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि उनीसँग क्रुध्द भएको छ ।