Ultimate magazine theme for WordPress.

अब अतिभो, गणतन्त्रको धज्जी नउडाउनु कमल थापाले ओली र प्रचण्डलाई भने

258

काठमाडौं । लामो सयमदेखि आन्तरिक विवादमा अल्झिएको सत्तारुढ नेकपा अहिले समाधानको बाटोतर्फ उन्मुख भएको देखिएको छ ।

पार्टी भित्रकै विवादका कारण अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको दूरी बढ्दै गइरहेको थियो ।

मंगलबार पनि राष्ट्रपति विद्यादेवी भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७’ जारी गरेपछि ओली–प्रचण्डबीचको दूरी झनै बढ्यो । तर, बुधबार दुवै अध्यक्ष ओली र प्रचण्डबीच चार बुँदे सहमति भएको छ ।

उनीहरुबीच गत कात्तिक २८ गते प्रचण्डले सचिवालयमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता लिने, मंगलबार जारी गरिएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने, संसदको विशेष अधिवेशन बोलाउने गरिएको हस्ताक्षर अभियान स्थगित गर्ने र पार्टीको आगामी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव लैजाने चार बुँदे सहमति भएको छ ।

उनको स्टाटस यस्तो छ – अब अतिभो,गाईजात्रा बन्द गर्नुहोस् @kpsharmaoli @cmprachanda हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस्

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेकपा अध्यक्षद्वय ओली र प्रचण्डलाई गाईजात्रा बन्द गर्न भनेका छन् ।

उनले बिहिबार सामाजिक सञ्जालमा दुवै नेतालाई ट्याग गर्दै राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउन बनेका छन् । उनले भने – ‘अब अतिभो,गाईजात्रा बन्द गर्नुहोस् ओली–प्रचण्ड, हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस्’

उनले लोकलज्जाको ख्याल राख्नुहोस् भन्दै भने – ‘हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो। कमसेकम लोकलज्जाको त ख्याल राख्नोस्’

 

हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो। कमसेकम लोकलज्जाको त ख्याल राख्नोस्