Ultimate magazine theme for WordPress.

नेकपा विवाद : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध डटेर लाग्ने प्रचण्ड–नेपालको निष्कर्ष

159

काठमाडौं ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको एकाधिकार र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध डटेर लड्ने निष्कर्ष निकालेको छ ।

एउटामा विधि, पद्धति र प्रणालीको कुरा गर्दै प्रणालीमा आएको स्खलन सच्च्याउन जोड गरिएको छ र अर्को पदको आरोप लगाएको लिखत छ । यी दुवै लिखित बारे सत्य के हो ? छुट्याउनुस् भन्दै भेलामा प्रचण्डले सहभागीहरुलाई जिम्मा दिएका थिए ।

त्यसक्रमा सहभागी नेताहरुले ओली एकाधिकार र सर्वसत्तावादतर्फ लागेको भन्दै प्रचण्डले स्थायी समितिमा पेश गरेको प्रतिवेदन नै सही भएको बताएको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

शुक्रबारको भेलामा प्रदेश १ का जिल्ला अध्यक्ष, सचिव र प्रचण्ड नेपाल समुहका केन्द्रीय सदहरुको सहभागिता रहेको थियो । भेलालाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि सम्बोधन गरेको नेता खतिवडाले जानकारी दिए ।

 

पेरिसडाँडामा शुक्रवार आयोजित प्रदेश १ का अध्यक्ष र सचिवहरुको भेलाले यस्तो निष्कर्ष निकालेको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार, पार्टीलाई सर्वसत्तावादी र एकाधिकारवादी ढंगले सञ्चालन गर्ने कुराका विरुद्ध डटेर लाग्ने निष्कर्षमा दाहाल–नेपाल समूह पुगेको हो । खतिवडाले आजको भेलामा गलत प्रवृतिहरुका विरुद्धमा कसरी संगठित भएर प्रतिवाद गर्ने भन्ने छलफल गरिएको जानकारी दिए ।

कार्यक्रममा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा आएको विवाद र त्यसका नीतिगत सैद्धान्तिक विषयमा व्याख्या गरेका थिए । पार्टीमा विवाद आएपछि दुई अध्यक्षका आ–आफ्नै लिखत पेश भएका छन् ।