काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।
छलफलमा प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरूलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको बताइएको छ ।
आइतबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्ने निर्णय गर्दै राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो ।
संसद विघटन गर्ने निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी छिन् ।
संसद विघटन गरेको भन्दै अहिले देशभर विरोध सुरु भएको छ ।
प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त छलफलमा प्रधानमन्त्री ओलीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएको परिस्थितिका बारेमा छलफल गरेको जनाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त छलफलमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल लगायत सहभागी रहेका थिए ।