काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारी निवास छोडेका छन् ।
आइतबार दिउँसो राजीनामा दिएका मन्त्री पुनले सरकारी गाडी पनि मन्त्रालयमा बुझाएका छन् । उनी आज सरकारी निवास छोडेर आफ्नो डेरा बालुवाटार सरेको बताइएको छ ।
पुनसहित सात मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णयमा असहमति जनाउँदै आज सामूहिक राजीनामा दिएका थिए ।
त्यस्तै राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि २ वटा गाडी मन्त्रालयमा बुझाएको बताइएको छ ।