Ultimate magazine theme for WordPress.

कांग्रेस : देउवा सरकार आउन अब ५ महिना मात्रै बाँकी

234

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटन गरेकी छन् ।

उनीहरुले केपी ओलीले गरेको कदम गलत भएको र अब हुने चुनावमा कांग्रेसको बहुमत आउने दाबी गरेका छन् ।

नेकपाले स्थायी सरकारबाट मुलुकको समृद्धि गर्ने वाचा गर्दै गत चुनाव जितेपछि सो विश्वास एवं वाचा आजबाट भंग भएसँगै कांग्रेस वा नेकपा वा अरु कुनै पार्टी कसको सरकार आउछ रु दिन गन्ती सुरु भएको छ ।

उनले मन्त्रिपरिषद्को सिफारिसबमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेपछि निर्वाचनको तयारीबारे पनि चर्चा हुन थालेको छ ।

नेपाली कांग्रेसका कतिपय नेताहरुले अब कांग्रेसको सरकार आउन अब ५ महिनामात्र बाँकी रहेको टिप्पणी गरेका छन् ।