काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेको गल्ती स्वीकारेर आए प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्ने बताएका छन्।
मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा प्रचण्ड-नेपाल पक्षले गरेको स्थायी कमिटीको बैठकमा यस्तो बताएका हुन्।
‘संसद विघटन गरेको गल्ती स्वीकार गरेर आए ओलीलाई स्वागत छ‚’ बैठकमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले भने‚ ‘तर, उहाँ आउनुहुन्न। अब कारबाही अघि बढाउँछु।’