Ultimate magazine theme for WordPress.

झलनाथ खनाल; असली कम्युनिस्ट हामी हाैँ, बल्खुमा कार्यालय बनाउँछाैँ

285

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली सच्चा कम्युनिस्ट नै नभएको टिप्पणी गर्नुभएको छ ।

बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै नेता खनालले प्रधानमन्त्रीले पार्टीको विधि र विधान नमानेको र आन्तरिक मतभेदका नाममा संसद् विघटन गरेर अपराध गरेको टिप्पणी गर्नुभयो ।

यो पनि पढ्नुहोस

नेकपा जेट दुर्घटनापछि दुई पाइलटको दुई दिशा : एउटा आन्दोलन, अर्को चुनावतिर !

उहाँले भन्नुभयो, ‘मतभिन्नता पार्टीभित्र जहिले पनि हुन्छ । मतभिन्नता हुनु सामान्य कुरा हो । मतभिन्नतालाई नीति र विधि अनुरुप सञ्चालन गर्नुपर्छ र समस्याको समाधान गर्नुपर्छ । तर कमरेड केपी ओली वास्तवमा कम्युनिस्ट नै भइसक्नु भएको रहेनछ ।

उहाँले पार्टीका विधि नै मान्नुभएन । पालना गर्नुभएन । अनुशासन पनि मान्नुभएन । अनि पार्टीभित्रका मतभेदको नाउँमा संसद्को विघटन गर्नुभयो ।’

नेता खनालले संसद् विघटन गर्नु अपराध भएको बताउनुभयो । ‘यो अत्यन्तै ठूलो अपराधको कुरा हो । संविधान विरोधी अपराध हो । लोकतन्त्र विरोधी अपराध हो । यो जनादेशको विरुद्धमा छ ।

जनताको भावना विरुद्ध छ । राष्ट्र हित विरुद्ध छ । वास्तविक नेकपा यही हो । आधिकारिक यही हो । हामी यसलाई नया ढङ्गले एकताबद्ध गर्ने र पुनर्गठन गर्ने हो ।’

यो पनि पढ्नुहोस

ओली पक्षको बालुवाटार बैठक सम्पन्न

उहाँले आफ्नाे समूह असली कम्युनिस्ट भएकाे दाबी गर्दै भन्नुभयाे, ‘अब वास्तविक नेकपा भनेकाे यही हाे । हामी याे ठाउँमा नेकपाकाे कार्यालय बनाउँछाैँ, आधिकारिक नेकपा भनेकाे यही हाे ।

अब यसलाई निर्वाचन आयाेगले कहिले घाेषणा गर्छ त्याे उसकाे कुरा हाेला, सर्वाेच्च अदालतले संसद् विघटनलाई के भन्ला त्याे उसकाे कुरा हाेला । सिङ्गाे देश याे संसद् विघटन संविधान विराेधी हाे भनेर उठेकाे छ ।’

यसअघिको नेकपाको बैठकले मदननगरलाई विश्व कम्युनिस्ट आन्दोलनको अध्ययनस्थल बनाउने निर्णयसहित नयाँ भवन बनाउने भनेको थियो ।

त्यही निर्णयअनुसार मदननगरमा नयाँ भवन बनाउने घोषणा गर्दै नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायत मदननगर बल्खु पुगेका हुन् ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री–प्रधानन्यायाधीश ‘खासखुस’ : इजलास छोट्याएर प्रधानन्यायाधीश प्रधानमन्त्रीसँगै कार्यक्रममा