Ultimate magazine theme for WordPress.

प्रचण्ड : ओली पराजित भए, अब चुनाव हामी जित्छौं

486

काठमाडौं : प्रचण्ड- नेपाल समूह नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको इतिहासमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कलंकको टिका लगाएर हामीहरुलाई जनतासमक्ष जाने बाटो दिएको बताएका छन्।

सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले भने, आफूलाई इतिहासको कलंकको टिका लगाएर हामीलाई जनतासँग जोडिदिने काम गरिदिनुभयो।

बाजी हामीले जितिसकेका छौं। अब अर्को चुनाव हामी जित्छौं।’

प्रधानमन्त्रीले संविधानलाई कुल्चिएर लोकतन्त्रको हत्या गरेर संसद विघटन गरेको भन्दै अध्यक्ष प्रचण्डले ओलीको कदमबारे चुप लागेर बस्न नसक्ने बताए।

यो पनि पढ्नुहोस

प्रतिनिधिसभा विघटन गरेकी राष्ट्रपतिले बोलाइन् राष्ट्रियसभा बैठक

‘तपाईले हामीलाई जनतामा जाने मुद्दा दिनुभयो। नारा दिनुभयो। हामीलाई संविधानको पक्षमा, गणतन्त्रका पक्षकमा, संघीयताको पक्षमा, समावेशीका पक्षमा, जनताको पक्षमा, प्रतिगमनकाविरुद्धमा लड्ने पक्षमा लड्ने मुद्दा दिनुभयो, उनले भने, ‘अब अर्को चुनाव हामी जित्छौं। तपाईलाई धन्यवाद।’

लोकतन्त्रको हत्या गरी संसद विघटन गरेर प्रधानमन्त्रीले बाजी हारेको समेत दावी गरे। ‘लोकतन्त्रको हत्या गरी संसद विघटन गरे।

उनले बाजी हारे। जुन दिन हामीले उनको प्रतिगमनकारी कदमका विरुद्धमा हामी लड्छौं भनेर संकल्प गर्यौं, त्यही दिन बाजी हामीले जित्यौं।

हामी दुईचार महिनाको कुरा हो। इतिहासले त्यो कुरा देखाइ छोड्नेछ,उनले भने,’ त्यसकारण हामी कसैले टेन्सल लिनुपर्दैन।

केही साथीहरु क्षणिक स्वार्थका लागि ओलितर लाग्नु भएको छ। त्यस्ता केही साथी पहिले पहिले जानेगरेकै भित्र पर्ने गर्छन्। तिनीहरु अहिले मात्र गएका होइनन्।

तिनीहरु फेरी दुईचार महिना पछि आउँछन्।’

यो पनि पढ्नुहोस

संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूह किन निस्क्यो सडकमा ?