Ultimate magazine theme for WordPress.

प्रचण्ड र माधव नेपालहरू अब जेलमा हुनेछनः संयोजक महर

156

१५ पुस, काठमाडाैँ । अनेरास्ववियूका संयोजक ऐन महरले प्रचण्ड र माधव नेपालहरु अब चाँडै जेलमा पुग्ने बताउनुभएको छ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदुरपश्चिम प्रदेशका अगुवा कार्यकर्ताको भेलामा सम्बाेधन गर्दै संयोजक महरले सत्ताको लोभमा पार्टी फुटाएर अहिले सडकमा पुगेका प्रचण्ड र नेपालहरू अब चाँडै नै जेलमा पुग्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस

हामी कस्तो खाल्को झोले हौ त हामी उफ्रने झोलेहरु

 

संयोजक महरले भन्नुभयो ‘प्रचण्ड र माधव नेपालहरु आज सदनबाट सडकमा पुगेका छन् । उनीहरु आफ्नै कर्मले त्यहाँ पुगेका हुन् । केपी ओलीको नेतृत्वमा मुलुक अघि बढ्दै जाँदा उनीहरुको बास अब जेलका कोठरीमा हुनेछ । 

हामी उनीहरुलाई जेलमा पुर्‍याउँछौ ।’प्रचण्डपथले नेकपा सिध्याएको र मुलुक सिध्याउन लागेको भन्दै महरले प्रचण्डले अहिले नेकपामा महाविपत्ति ल्याएको बताउनुभयो ।

यो पनि पढ्नुहोस

‘केपी ओलीले नेताहरुको फोन ट्यापिङ गरेका छन्’

उहाँले भन्नुभयो, ‘प्रचण्डपथको सिद्धान्त भनेकै धक्का, महाविपत्ति अनि छलाङ हो । त्यो कुरा लेखराज भट्टहरुले बुझेर उहाँहरु आज हामीसँग हुनुहुन्छ । प्रचण्डले अहिले महाविपत्ति ल्याएका छन् तर छलाङ हान्न दिइदैन,जेलका काला कोठरीमा पुर्याउछौं ।’

यो पनि पढ्नुहोस

सरकारविरुद्ध प्रचण्ड-माधवको प्रदर्शन : सडकमै मञ्‍च, गाडीबाट ओसारियो कार्यकर्ता