Ultimate magazine theme for WordPress.

प्रधानमन्त्री र मन्त्री लक्षित आ’क्र’मण, कम्तीमा २२ जनाको मृत्यु

258

एजेन्सी-

यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी भएको आ’क्र’म’ण’मा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

आ’क्र’मणमा ५० भन्दा बढी घाइते भएका छन् । द्व’न्द्व’ग्र’स्त यमनका नवनियुक्त म’न्त्रीहरू सवार विमान अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै वि’स्फोट भएको बीबीसीले जनाएको छ ।

सहायतामा जुटेकाहरू पनि घटनामा हताहत भएको जनाइएको छ । त्यहाँका प्रधानमन्त्री मीन अब्दु’ल मलिकले आफू र मन्त्रिपरिषद् सदस्यहरू ‘सकुशल’ रहेको बताएका छन्।

यमनको एउटा समाचार वेब’सा’इट अल-म’स्दरलाई उ’द्धृ’त गर्दै बीबसीले जनाएअनुसार श्र’म मन्त्रालयका उपसचिव मारिएको र दुई जना उपमन्त्री घाइते भएको उल्लेख गरेको छ।

सूचना मन्त्रीले हुथी विद्रोहीहरूले ‘कायरतापूर्ण आ’त’ङ्क’वा’दी कार्य’ गरेको आ’रो’प लगाएका छन्।

बीबीसीको एउटा भिडिओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको देख्न सकिन्छ । मन्त्रीहरूको स्वागतका लागि पुगेको भीड एयरपोर्ट टर्मिनलबाट बाक्लो धुवाँ निस्किएको देखे पछि भागेका थिए।

 

त्यसको केही समयमै ब’न्दु’क प्र’हा’रको आवाज सुनिएको थियो। त्यहाँ कम्तीमा दुई वटा वि”स्फो’ट भएको जनाइएको छ ।

साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी वि’द्रो’ही’हरूलाई परास्त गर्न र राष्ट्रपति अब्द’राबा म’न्सुर हादीको शासन स्थापित गर्न सै’न्य का’र’बाही सुरु गरेसँगै यमनमा फेरि आ’क्र’म’णका घटना बढेका छन् ।

सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ । त्यहाँ द्व’न्द्व’ले अहिलेसम्म ११०,००० भन्दा बढीले ज्या’न गुमाइसके’का छन् ।तस्वीर :रोयटर्स