काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले जति काम इतिहासमा कसैले नगरेको जिकिर गर्नु भएको छ । सुदूर पश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले भूकम्प पछिको पुनर्निर्माण र अन्य विकास निर्माणका आयोजनाको काम तिव्र गतिमा सम्पन्न भइरहेको दाबी गर्नुभएको हो ।
‘भूकम्पपछिको पुनर्निर्माण र बाढि पहिरो पीडितको लागि हामीले यति तिव्र काम गर्यौँ, यस्तो तिव्रताका साथ काम अहिलेसम्म भएको थिएन’, ओलीले भन्नुभयो।
यस्तै देशमा ठूला विकास निर्माणका काम अघि बढेको तर आफ्नै दलका केहि नेताहरुले देखि नसहे को पनि उहाँले बताउनुभयाे ।
सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले सुदूरपश्चिममा अब आफ्नो दलको बर्चस्व हुने र त्यसको लागि कडा परिश्रम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो। ‘
सुदूरपश्चिमका जुझारु कार्यकर्ताले हाम्रो पार्टीलाई पहिलो बनाउनेछन्, सुदूरपश्चिम अब हाम्रो पार्टीको कब्जामा हुनेछ’, ओलीले भन्नुभयो ।
पार्टीको संगठन निर्माण भइरहेको र सबै ठाउँमा नियुक्ती पूरा भइ नसकेकाले पद पाइन भनेर चित्त नदुखाउन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री एवं नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम आफ्नो दलको कब्जामा हुने दाबी गर्नुभएको छ ।