Ultimate magazine theme for WordPress.

प्रचण्ड-माधव पक्षको निवेदन फिर्ता पठाएको भन्दै हल्ला चलिरहेका बेला बोल्यो निर्वाचन आयोग, ओलीलाई झड्का !

381

नेकपाको प्रचण्ड माधव पक्षले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता आएको भन्ने हल्ला चलिरहेका बेला आयोग यसबारे बोलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रचण्ड माधव पक्षले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता आएको भन्ने अभिब्यक्ति निर्वाचन आयोगले खण्डन गरेको हो ।

प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्ड नेपाल पक्षको निवेदन रित नपुगेको भनेर हिजो फिर्ता पठाएको बताएका थिए ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निवेदन फिर्ता नभएको बताए । ओलीले नेकपामा आएको विवादपछि आधिकारिकताका लागि प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको दावी गरेका बेला आयोगबाट यस्तो जवाफ आएपछि ओलीलाई नै झड्का लागेको छ ।

शुक्रबार प्रवासी नेपाली मन्चका कार्यकर्तालाई जुममार्फत सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावी गरे । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको, कानुन उल्लेख नभएको, फिर्ता पठाएको छ हिजो’ ओलीको भनाइ थियो ।

उनले सूर्य चिन्ह पनि आफ्नै भएको भन्दै कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरे । ‘सूर्य चिन्ह २०४८ देखि हाम्रो हो, एक दुई जना मान्छे छोड्दैमा सूर्य कहिँ जाँदैन । सूर्य चिन्ह हामीसँगै छ, बहुमत हामीसँगै छ’ ओलीले भने, ‘चुनावै हुँदैन चाहिँदैन भन्नेलाई किन चाहियो सूर्य चिन्ह ?’