Ultimate magazine theme for WordPress.

आशा गरेका नेता बादलले ओलीलाई कडा झड्का दिँदै खोले ओलीको पोल

306

काठमाडौं । काम चलाउ सरकारका गृहमन्त्री तथा कुनै समयका प्रचण्डका विश्वास पात्र रामबहादुर थापा बादल फेरी प्रचण्ड क्याम्पमा नै फर्किएका छन् । आइतबार संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले बबाल मच्चाएसँगै ओली क्याम्पमा गएका भनिएका बादल पुन प्रचण्ड क्याम्पमा नै फर्किन बाध्य भएको स्रोत बताउँछ । ओलीले संसद विघटन गर्नु राम्रो काम नभएकाले बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीलाई साथ नदिने भन्दै बादल फेरी प्रचण्ड क्याम्पमा फर्किएका हुन् ।

सोमबार मन्त्री निवास पुल्चोकमा भएको आफू निकट नेता तथा सांसदहरुसँगको छलफलमा थापाले संसद बिघटन गर्नेलाई साथ नदिने भन्दै बादलले ओलीमाथी ठूलो विश्वासघात गर्दै आफ्नो माउ क्याम्पमा नै फर्किएको स्रोत बताउँछ ।

कामचलाउ सरकारका प्रधानमन्त्री ओलीलाई साथ दिएर अघि बढेमा भोली झनै ठूलो धर्म संकटमा फसिने भन्दै बादल ब्याक भएको स्रोतको दाबी छ । पुर्व माओवादीका तर्फबाट नेतृत्व गरेका थापा र उद्योगमन्त्री लेखराज भट्ट सामूहिक राजीनामामा सामेल नभएका कारण उनीहर ओली क्याम्पमा सामेल भएको अनुमान लगाइएको थियो ।

यसअघिका सचिवालय बैठकमा थापाले खेलेका भूमिकालाई लिएर उनी ओली खेमामा गएको अड्कलबाजी गरिएको थियो । पछिल्लो घटनाक्रममा थापाले प्रचण्ड–नेपाल समूहक मन्त्रीहरुसहित राजीनामा नदिएपछि उनी ओली निकट रहेको भन्ने अड्कलबाजीकाबिचमा गृहमन्त्री थापाका तर्फबाट नै ओली क्याम्पमा आँफु नरहेको अभिब्यीक्त आएसँगै ओलीलाई अर्को एउटा कडा झड्का लागेको हो । यसैबिच सत्तारुढ नेकपाको भविष्य अन्योलग्रस्त बनेको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको टकरावले अन्ततः प्रतिनिधि सभा विघटन भएसँगै नेकपा फुट्छ भन्ने जमात बढेको छ ।

आइतबार संसद विघटन गरिएपछि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गरे । आइतबारदेखि सोमबार अपरान्हसम्म आइपुग्दा प्रचण्ड र माधवकुमार नेपाल समूहको औपचारिक तथा अनौपचारिक छलफल र भेटघाट भइरहे ।

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम प्रतिगामी र संवैधानिक भएको प्रचण्ड–नेपाल समूहले भनिरहेको छ । सोमबार अपरान्ह प्रधानमन्त्री ओलीले उनै प्रचण्ड–नेपाल समूहलाई लोकप्रियता र क्षमताको मापन गर्न जनतामाझ जान चुनौती दिएका छन् । तर ओलीले दशेभरबाट आफ्नो गुम्दो जनमतको अझै ख्याल गर्न सकेका छैनन् । जसका कारण ओलीले नराम्रो नजिता छिट्टै नै देख्ने अड्कलबाजी राजनीतिक बृतमा सुरु भएको छ ।

lipulekhtimes .com/ 3671