Ultimate magazine theme for WordPress.

कांग्रेसद्धारा वडा तहसम्मै विरोध प्रदर्शनका आन्दोलनका कार्यक्रम सार्वजनिक [ विज्ञप्तिसहित ]

397

काठमाडौ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वडा तहसम्मै जुरुक्कै उचाल्ने भएको छ । उसले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै वडा तहसम्म विरोध प्रर्दशन गर्ने घोषणा गरेको छ । यद्यपी नेकपाको प्रचण्ड–माधब नेपाल समूहसँग संयुक्त भने गर्न सकेन ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्नेछ ।

त्यसपछि माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६७४३ वटै वडामा प्रदर्शनको कार्यक्रम तय भएको उनले बताए । प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिन कांग्रेसले कार्यकर्ताहरुलाई आग्रह गरेको हो ।