Ultimate magazine theme for WordPress.

हप्तादिनपछि बल्ल खुल्यो गृहमन्त्री बादल प्रचण्डलाई ‘बाई बाई’ भन्दैँ ओलीतिर लाग्नुको रहस्य !

177

नेकपा केपी शर्मा ओली समूहका वरिष्ठ नेता एवम् गृहमन्त्री राम बहादुर थापा बादल प्रचण्ड–नेपाल समूह विरुद्ध आक्रामक बन्दैँ गएका छन् ।

 

पूर्वमाओवादी नेता समेत रहेका बादले ओलीलाई साथ दिने निर्णयपछि सबै आश्चर्यचकित बनेका थिए ।

तर ओली लाईनमा लागेको एक सातापछि बाल आफैँले प्रचण्डलाई छाडेर बादल लाइनमा लाग्नुको रहस्य खोलेका हुन् ।

प्रचण्ड–नेपाल समूहले निरन्तर गुटबन्दी गरेकाले आफू प्रधानमन्त्री नेतृत्वको मूल पार्टीमा लागेको प्रस्टोक्ती दिएका छन् ।

नेकपा ओली समूहका नेता बादलले पुरानो संसद ब्युताएर प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने जिकिर गरेका छन् ।

ओली समूहको चितवन जिल्ला कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान आग्रह गरे ।

गृहमन्त्री समेत रहेका थापाले प्रचण्ड र माधव समूहले विभिन्न जालझेल र षडयन्त्र गरेर प्रधानमन्त्री केपी ओलीलाई हटाउन लागेको आरोप लगाए ।

नेता थापाले चुनाव देखेर प्रचण्ड–माधव समूह भागिरहेको आरोप समेत लगाए ।

उनले प्रचण्ड–माधव समूहको विचार सही नभएको बताउँदै पार्टी अध्यक्ष चाहिएको भए महाधिवेशनमा गएर कार्यकर्ता मन जित्न आग्रह गरे ।