Ultimate magazine theme for WordPress.

मंगलबार बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

108

२१ पुस, काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य बढेकाे छ । मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेकाे हाे ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९६ हजार ४०० मा कारोवार हुने गरी तोकिएको छ ।

 

सोमबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियाे ।

 

यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलाकाे १३२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।