Ultimate magazine theme for WordPress.

चोरीका मोटरसाईकल चलाउने धादिङका २ युवक पक्राउ

277

२३ पुस, काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टे स्थित सडकखण्डबाट राजन मगर र राजन तामाङले सवार

गरीरहेको मोटरसाईकलसहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

 

 

जिल्ला धादिङ्ग निलकण्ठ नगरपालिका ९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ को राजन मगर र थाक्रे गाउँपालिका वडा नं १ देवीस्थान बस्ने वर्ष २१ को

राजन तामाङ्ले सवार गरेको बा ९२ प ७६३० नम्वर कालो रातो रंङ्गको २२० सी।सी।को पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले

जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं प्रदेश ३-०२-०१२ प ९८३५ खुल्न आएको छ ।

 

उक्त नम्वरको मोटरसाईकल २०७६ पुस २६ गते अं १९ः३० बजेको समयमा काठमाण्डौं सोह्रखुट्टे स्थित सडक खण्डबाट हराएको हुँदा खोज तलास

गरी पाउँ भनि ट्राफिक महाशाखामा जिल्ला पर्सा ठोरी गाउँपालिका ९ बस्ने पूर्ण बहादुर थापाले दिएको हुलिया निबेदनका आधारमा मोटरसाईकल र

मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले

जानकारी दिए।