“काठमाडौ । संसद भंग गरेसंगै प्रतिनिधि सभाको चुनाव घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवारवाट वालुवाटार छोड्ने भएका छन् ।“उनी अब निर्वाचनको माहौल बनाउन देश दौडाहामा निस्कने भएका छन् । विपक्षी र आफ्नै पार्टीका अर्का समुहले निर्वाचन हुन सक्दैन भन्दै अभिब्यक्ति दिन थालेपछि ओली निर्वाचनको माहौल बनाउन देश दौडाहामा निस्कन लागेका हुन् ।“उनी त्यसको सुरुवात सुदुरपश्चिमवाट गर्ने भएका छन् । चुनाव घोषणापछि आफ्नो समुहको संगठन विस्तार र सुदृढीकरणका लागि भन्दै ओली देश दौडाहामा लागेका हुन् । यसको शुरुवात सुदुरपश्चिम प्रदेशबाट गर्ने भएका छन् । ओलीले शुक्रवार सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।“प्रधानमन्त्री ओलीले आफू सरकारको नेतृत्व सम्हालेदेखि नै पछाडी परेको क्षेत्रलाई प्राथमिकता दिने बताउँदै आएका थिए । आवश्यकता अनुसार अन्य प्रदेशका कार्यक्रममा सहभागी हुन सक्ने प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताएका छन् ।“प्रधानमन्त्री ओलीले अहिले आफ्नो मन्त्रिपरिषद्मै पनि सुदुरपश्चिमका चार जना मन्त्री सहभागी गराएका छन् । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले, संघीय मामिला मन्त्री गणेशसिंह ठगुन्ना हुनुहुन्छ ।“एउटै क्याबिनेटमा सुदुरपश्चिमबाट मात्र यति धेरै मन्त्री भएको यो पहिलो पटक हो ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.