Ultimate magazine theme for WordPress.

प्रधानमन्त्री ओलीसँग अमेरिका पनि चि;ढियो, आगामी दिन सहज हुने देखिएन

196

काठमाडौं – दुई सय वर्षपछि अमेरिकी संसदमा बुधबार राति आ’क्र’मण भयो । सो आ’क्र’मण’को संयु’क्त राष्ट्रसंघ, चीन, भारत, बेलायतदेखि सबै देशले वि’रो’ध जनाए ।

तर, नेपालले अहिलेसम्म एक शब्द पनि बोलेको छैन । आफ्नै बुद्धिले छँदा खाँदाको प्रतिनिधिसभा भंग गरेकाले प्रधानमन्त्री केपी ओलीलाई अमेरिकी संसदमा भएको हिंस्रक हमलाप्रति विरोध जनाउन आपत आइलागेको बताइएको छ ।

पछिल्लो समय अमेरिकाले नेपाललाई विभिन्न आर्थिक सहयोग गर्दै आएको छ । त्यसमा पनि अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत ५५ अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको छ ।

एक वर्षअघि नै एमसिसीलाई संसदबाट अनुमोदन गराइसक्नुपर्नेमा अहिलेसम्म पनि पास गरिएको छैन । अमेरिकाले पटक पटक एमसिसी पारित गर्न द’बा’ब दिँदै आएको छ । तर, प्रधानमन्त्री ओलीले संसद् नै वि’घटन गरिदिए ।

प्रधानमन्त्रीको तहमा मात्र होइन, राष्ट्रपति स्तरमा पनि अमेरिकाको संसदमा भएको आ’क्र’म’णको वि’रो’ध जनाउनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेवास्ता गरेकी छन् । अमेरिकी सरकारले नेपालको यस्तो बे’वा’स्ता’प्रति नोटिस गरेको बताइएको छ ।