Ultimate magazine theme for WordPress.

अहिलेसम्म कै धेरै घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

164

२६ पुस, काठमाडौँ । साताको पहिलो दिन आज सुनकाे गिरावट आएकाे छ ।

आज सुनकाे मूल्य प्रतितोला २३ सय रुपैयाँले घटेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९३ हजार रुपैयाँ कायम रहेकाे छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ रहेकाे थियाे ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ रहेको छ।

आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँ कायम रहेकाे महासंघले जनाएकाे छ।