Ultimate magazine theme for WordPress.

भारत र चीनको सीमा विवाद मिलाउन मध्यस्थता गर्न सक्छुः प्रधानमन्त्री ओली

668

२७ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनको सीमा विवाद मिलाउन मध्यस्थता गर्न सक्ने बताउनुभएको छ । सोमबार भारतीय टेलिभिजन जी न्युजमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री अाफू भारत र चीनबीचको सीमा विवाद मिलाउन मध्यस्तता गर्न तयार रहेको बताउनुभयो ।

उहाँले दुई छिमेकीबीच समस्यारहित सम्बन्ध नेपालले चाहेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ताका लागि आफूले मध्यस्थता गर्न सक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले आगामी वैशाखमा हुने निर्वाचनपछि पनि आफू सरकारको नेतृत्वमा आउने बताउनुभयो ।

उहाँले आफ्नो पार्टीले बहुमत ल्याउन नसकेको अवस्थामा पनि ठूलो दलका रुपमा आफ्नै पार्टी स्थापित हुने र आफूले नै नयाँ सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले बताउनुभयो । उहाँले नेपाली जनताले विकास, समृद्धि चाहेको र जनताको त्यो चाहनालाई पूरा गर्न आफूले सार्थक प्रयास गरिरहेको बताउनुभयो ।