Ultimate magazine theme for WordPress.

जनयुद्धलाई कुहिएको फर्सी भनेको कसरी सुन्‍न सकेको ?

146

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहिएको फर्सी भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

गण्डकी प्रदेश कमिटीले आयोजना गरेको भेलामा प्रचण्डले जनयुद्धमा सामेल भएका नेताहरु ओली गुटमा गएको देख्दा आफूलाई लाज लागेको बताए ।

“जनयुद्धमा लागेका साथीहरु जो उता जानुभएको छ । मलाई लाज लाग्यो । उहाँहरुले जनयुद्धलाई कुहिएको फर्सी भनेको कसरी सुन्न सकेको ?’’ प्रचण्डले भने ।

उनले जनयुद्धका विषयमा प्रतिवेदनको भावनाविपरीत बोलेको बताए । “के जनयुद्ध कुहिएको फर्सी हो त ? त्यसो हो भने ओलीले गरेको हस्ताक्षर किर्ते हो ?’’ प्रचण्डले सोधे ।