Ultimate magazine theme for WordPress.

कृषि विकास बैंकले माग्यो ३२६ जना कर्मचारी (सूचनासहित)

96

९ माघ, काठमाडाैँ । कृषि विकास बैंकले विभिन्न १५ पदका लागि ३२५ जना कर्मचारी माग गरेको छ। बैंकले चार तहको लेखापालदेखि ९ तहकको वरिष्ठ शाखा प्रमुखसम्मका लागि जागिर माग गरेको हाे ।

बैंकले प्रशासन र प्राविधिक सेवाका लागि सहायकदेखि अधिकृत तहसम्मका लागि आवेदन माग गरेको छ।

यसमध्ये १८१ जना खुला, ५२ जना महिला, ३७ जना आदिवासी/जनजाति, ३० जना मधेसी, १३ जना दलित, ६ जना अपांगता भएका र ७ जना पिछडिएको क्षेत्रबाट जागिरका लागि आवेदन माग गरेको हो। पदअनुसार योग्यता फरक फरक तोकिएको छ। कम्तिमा प्लसटु उत्तीर्ण हुनु पर्नेछ।

 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी माग २९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले शुक्रबार निकालेको सूचनामा उल्लेख छ ।

अनलाइनबाट फारम भर्न सकिने छ। बैंकको वेबसाइटमा यो सुविधा उपलब्ध छ। उमेर हद पदअनुसार फरक फरक छ। ४० वर्षसम्मकाले आवेदन दिन सक्ने छन्।