Ultimate magazine theme for WordPress.

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

177

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता रमाईलो यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शेयर बाजारबाट राम्रो सफलता मिल्ला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

 

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ ।

 

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । सामान हराउने वा चोरी हुने सम्भावना पनि रहेको छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । साताको मध्यबाट रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ ।

 

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

 

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता कीर्तिमानी काम गर्ने समय छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमापनि सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

 

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साताबाट नयाँ कमको थालनी हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।

 

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । बुधवारबाट घरमा अतिथीको आगमन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ ।

 

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । रमाइलो यात्राको योग रहेको छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको अन्त्यमा अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

 

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो हप्ता रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।

 

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो सातामा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । सवारी साधन खरिद गर्ने योजना बन्नेछ । प्रेममा मधुरता समेत छाउनेछ ।

 

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता कार्यसिद्धि हुने अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ । गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध प्रागड समेत हुने समय छ ।

 

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो सातामा नयाँ पद र जिम्मेवारी पाइएला । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ़नतले सहयोग गर्नेछन् । मध्य सातामा आफ्नो कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल