भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा १० भन्दा बढीको शव फेला परेको छ । उत्तराखण्डको चमोली जिल्लामापर्ने हिमनदी फुट्दा स्थानीय धौलीगंगा नदीमा भीषण बाढीमा परी ऋषीगंगा हाइड्रोपावर हाइड्रोपावर बगाएको छ ।
तपोवनमा एक निजी कम्पनीमार्फत निर्माणधिन ऋषिगंगा हाइड्रोपावर र सरकारी कम्पनीमार्फत निर्माण भैरहेको अर्को एनटीपीसी हाइड्रोपावर रहेका थियो ।
ऋषिगंगा प्रोजेक्टमा काम गरिरहेका १५ देखि २० मजदूरहरु वेपत्ता भएका छन् भने अर्को हाइड्रोपावरमा कार्यरत करिव १५० मजदूरहरु बेपत्ता भएको आशंका गरिएको छ । ऋषिगंगा प्रोजेक्टको साइटमा तीन जनाको शव भेटिएको छ भने १६ मजदूरको उद्दार गरिएको छ ।
बाढीले ऋषिगंगा हाइड्रोपावर पुरै बगाएको छ । उता, ऋषिगंगा नदी धौलीगंगामा मिसिने गर्छ । धौलीगंगामा रहेको अर्को सरकारी प्रोजेक्ट एनटीपिसीमा पनि क्षति पुगेको छ । सो प्रजेक्टमा कार्यरत १५० मजदूर बेपत्ता भएको आशंका गरिएको छ ।
भाष्कर दैनिकका अनुसार त्यहाँ १० वटा शव भेटिएको जनाएको छ । त्यस्तै त्यहाँबाट १७ मजदूरको उद्दार भएको र अन्य मजदूरहरुको उद्दार गर्ने काम चलिरहेको जनाइएको छ । अहिले भारतीय स्थल सेना र हवाईका जवान समेत उद्दारमा खटिएका छन् ।