मुम्बई– भ्यालेन्टाइन विकको किस डे विश्वभरीका जोडीहरु आ–आफ्नो तरिकाले मनाइरहेका छन् ।
भरखरै विवाह गरेको गायक आदित्य नारायण तथा उनकी धर्मपत्नी श्वेता अग्रवालको जोडीले विवाहपछिको पहिलो भ्यालेन्टाइन विकलाई विशेष तरिकाले मनाइरहेको छ ।
किस डेको मौकामा आदित्यले श्रीमतीसंग चुम्बन (लिपलक) गरिरहेको तस्बिर सार्वजनिक गरेका छन् ।
आदित्य नारायणले श्वेतालाई चुम्बन गरिरहेको तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन्, जुन अहिले भाइरल भैरहेको छ ।
तस्बिरसंगै उनले एउटा रमाइलो क्याप्सन पनि लेखेका छन् ।
उनले लेखेका छन्–‘ह्याप्पी किस डे…जिन्दगी छोटो छ…प्रेम गर्नेहरुलाई खोज्नु होस् र हरेक दिन चुम्बन गर्नु होस् ।’
आदित्यको उक्त तस्बिरमा कमेडी क्विन भारती सिंहले प्रतिक्रिया जनाउँदै सोधेकी छिन्–‘यी केटी को हुन् ?’ आदित्यले इन्स्टाको स्टोरीमा आफ्नो जवाल–जवाफ सेसनमा थुप्रै रमाइला प्रश्नहरुको जवाफ दिएका छन् ।
साथै श्वेतासंगको विवाह अघि र पछिका केही तस्बिरहरु पनि सार्वजनिक गरेका छन् ।
आदित्यले विवाहको जग्गेको तस्बिर पनि सार्वजनिक गरेका छन् भने श्वेतालाई बोक्दै गरेको तस्बिर पनि सार्वजनिक गरेका छन् ।
उक्त सेसनमा आदित्यले भ्यालेन्टाइन डेमा उनका लागि श्वेताले दिन लागेको सरप्राइजका बारेमा पनि संकेत दिउका छन् ।
उक्त सरप्राइज भ्यालेन्टाइन डे अर्थात १४ फेब्रअरीकै दिन सार्वजनिक हुने छ ।
उक्त सेसनमा आदित्यले आफ्नो पहिलो क्रसदेखि आगामी प्रोजेक्टका बारेमा समेत बताएका छन् ।
उनले ब्रिट्नी स्पेयर्स तथा सात कक्षामा अध्ययनरत छँदा रितिका नाम गरेकी किशोरी आफ्नो पहिलो क्रस भएको बताएका छन् ।
आदित्यले आफ्नो नयाँ गीत ‘क्यूँ’ को म्युजिक भिडियो आगामी अप्रिल महिनामा सार्वजनिक गर्ने बताएका छन् ।
उक्त भिडियोमा आदित्यले आफ्नै नव विवाहित श्रीमती श्वेतालाई अभिनय गराउँदैछन् अर्थात विवाहपछि आदित्य र श्वेता पहिलो पटक स्क्रिन शेयर गर्दैछन् ।
यसका साथै उनले सन् २०२२ मा अंग्रेजी एल्बममा डेब्यू गर्न लागेको समेत बताएका छन् ।