४ फागुन, काठमाडौं ।
नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले संसद् पुनर्स्थापना भए केपी शर्मा ओलीले तुरुन्तै अर्को पार्टी गठन गर्ने बताएका छन् ।
यो समूहको फेसबुक पेज मार्फत् गरिएको कुराकानीमा पाण्डेले आफ्ना कार्यकर्ता सुरक्षित गर्न ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्ने बताए ।
यो पनि पढ्नुहोस
सिके राउतको नेतृत्वमा सिङगो मधेस ओलीेतिर, यसरी हुदैछ राउत र ओलीको पार्टि एकता !
‘संसद् पुनर्स्थापना भयो भने ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्छन् । आफ्ना मान्छेहरु सेक्युर गर्न लाग्छन्’, पाण्डेले भने ।
यो पनि पढ्नुहोस
संसद विघटनमा प्रधानमन्त्री ओलिको यस्तो नराम्रो नियत भएको खुल्यो….
ओली समूहका नेताहरु संसद् पुनर्स्थापना भए अर्को निर्वाचनसम्म पार्टी एकता गर्नुपर्छ भन्ने थालेको पनि उनले बताए । ‘दुई वर्ष लम्बिएर चुनाव हुने हो
यो पनि पढ्नुहोस
केपी शर्मा ओलीलाई एसियाकै प्रभावशाली र दूरदर्शी नेताको सम्मान
भने त्यस बेलासम्म पार्टी एकता गर्न सकिन्छ कि भनेर कुरा गर्न थालेको सुन्न थालेको छु,’ उनले भने, ‘नत्र अहिलेको आधारमा त विजोक हुन्छ भन्ने त्यहाँका मान्छेहरुलाई पनि परेको छ ।’
यो पनि पढ्नुहोस
प्रधानमन्त्री : नेकपाको मात्रै बाकस भरिन्छ भनेर डराए
तर, तत्काल पार्टी एकता संभव नभएको उनले बताए । ओलीले वडा भन्दा तलसम्म छुट्टै पार्टी संरचना बनाइसकेकाले तत्काल पार्टी एकता संभव नरहेको पाण्डेको भनाइ छ ।
यो पनि पढ्नुहोस
स्थिर ओली सरकारको अस्थिरताका तीन बर्ष : दिनहुँ आलोचना र लफडा