काठमाडौं । सरकारले भारतबाट किनेको कोभिड-१९ विरुद्धको खोप कोभिशिल्ड आज आइतवार काठमाडौं आइपुगेको छ ।
भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप आज दिउसो एयर इन्डियाको विमानबाट नेपाल आइपुगेको हो ।
खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डार गरीने छ ।
सो खोप यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीकाले जानकारी दिएका छन् ।
किनीएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरि लगाइएको थियो ।