Ultimate magazine theme for WordPress.

ममाथि शारी’रिक ह’मला भयो भने पनि अनौठो नमान्नुहोला : प्रधानमन्त्री

103

१७ फागुन, पोखरा ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक ह’मला हुनसक्ने बताएका छन् ।

पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरु’माथि सम्पूर्ण रुपले प्र’हा’र भएको बताए ।

‘सम्पूर्ण रुपले म’माथि प्रहा’र भएको छ, अत्यन्तै ती’व्र रुपमा भएको छ । शारीरिक ह’म’ला नै भयो र ज्या’न तल’माथि भयो भने पनि अनौठो नमान्नुहोला,’ उनले भने ।

उनले आफू नरहे पनि पार्टीको भविष्य अन्ध’कार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’

प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा मुलुकका चार सुरक्षा निकायबाट दुई सय बढी सुरक्षा अधिकारी २४ सै घन्टा खटिन्छन् । नेपाली सेनाले पहिलो घेरामा रहेर प्रधानमन्त्रीको सुरक्षा नेतृत्व गर्छ भने त्यसपछि क्रमशः नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट टोली खटिन्छन् ।

हालै ओलीको सुरक्षामा नेपाली सेनाले विशेष हतियारसहित सादा पोशाकका सैनिकलाई पनि खटाउन थालेको छ । राष्ट्रिय सुरक्षा समिति, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र राष्ट्रिय अनुसन्धान विभागले मुलुकका कार्यकारी प्रधानमन्त्रीको सुरक्षा चुनौतीबारे समय समयमा विश्लेषण गरिरहेको हुन्छ ।

तर, सोमबार पोखरा पुगेर प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएपछि सुरक्षा संयन्त्र नै आश्चर्यमा परेको छ । ओलीले ‘शारीरिक ह’म’ला नै भयो र ज्या’न त’ल’माथि भयो भने पनि अनौठो नमान्नुहोला’ भन्दै गर्दा पनि उनी विशेष फौजबाट घेरिएका थिए ।

जतिवेलै बलियो सुरक्षा घेरामा रहने ओलीमाथि कोबाट सुरक्षा चुनौती छ ? केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरसँग यसको जवाफ छैन । भन्छन्, ‘यो विषयमा मलाई बोल्न नलगाउनु होला ।’

अनौपचारिक कुराकानीमा नेपाल प्रहरीका एक जना वरिष्ठ अधिकृतले प्रधानमन्त्रीको भनाइबाट आफू आश्चर्यमा परेको बताए । ‘सुरक्षा चुनौती नै भए पनि बाहिर भन्ने कुरा होइन, विश्लेषण गरेर गोप्य रुपमा त्यसलाई परास्त गर्नुपर्ने हो’, उनले अनलाइनखबरसँग भने, ‘अहिले प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा पछाडि कुनै सत्यता छैन ।’