१९ फागुन, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री पद नमागेको, तर प्रस्ताव आए स्वीकार गर्ने बताएका छन् ।
संसद विघटन गर्ने सरकारी निर्णय बदर भएसँगै नेकपाको प्रचण्ड–माधव समूहले संयुक्त सरकार गठनको प्रस्ताव गर्दा देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेका थिए । तर बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।
पदको लोभ नभएको, तर जिम्मेवारी आए नभाग्ने भन्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री पाऊँ–प्रधानमन्त्री पाउँ भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन ।’
फाल्गुन २१ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
उनीभन्दा अगाडि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस प्रतिपक्षी भूमिकाबाट दायाँबायाँ हुन नहुने बताएका थिए । त्यसको जवाफ दिँदै देउवाले भने, ‘अरु पार्टीको (प्राधनमन्त्री) हुनुभन्दा आफ्नै पार्टीको हुँदा फाइदा नै होला, खुसी हुनुहोला भन्ने लाग्थ्यो ।
तर तपाईको कुरा अरु होस्, शेरबहादुर हुनै हुँदैन भने जस्तो लाग्यो । सानो चित्त नगर्नुस्, विशमल हृदय राख्नुस् रामचन्द्रजी ।’
उनले अघि भने, ‘प्रधानमन्त्रीका लागि मरिमेन्टेवाला पनि छैन, जिम्मेवारी आए भाग्ने वाला पनि छैन ।’
काँग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार छौंः माधव नेपाल