Ultimate magazine theme for WordPress.

ओली पक्षले भन्यो: प्रचण्ड-माधव पक्षको पत्राचारले मान्यता पाउँदैन

644

काठमाडौं ।

नेकपा केपी ओली पक्षका मुख्य सचेतक विशाल भट्टराईले प्रचण्ड–माधव पक्षले संसद सचिवालयलाई लेखेका पत्रप्रति ध्यानकर्षण भएको जनाएका छन् ।

ओलीले राजीनामा दिएर निकास दिनुपर्छ, नत्र अविश्वास प्रस्ताव लैजान्छौँ : प्रचण्ड

उनले आज एक विज्ञप्ति जारी गर्र्दै प्रचण्ड–माधव पक्षले फागुण १७ मा संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरी लेखेको दुई पाने पत्रले मान्यता नपाउने बताएका हुन् ।

उनले दलको विधान २०७५ बमोजिम दलको नेता केपी शर्मा ओलीनै भएको दाबी गरेका छन् ।

वार्ता सफल, प्रतिबन्ध फुकुवा : चन्दसहितका नेता आज सार्वजनिक हुँदै

उनले भनेका छन्ः ‘नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम बाहेक कोही कसैले कुनै गैरसंवैधानिक र गैरकानुनी निर्णय गरिएको पत्राचारको कुनै कानुनी आधार, औचित्य र प्रभाव हुन सक्दैन ।

सहमतिका लागि प्रचण्ड र म बाधक बन्दैनौं : माधव नेपाल

प्रचण्ड माधव पक्षले गरेका निर्णयबारे गत १७ गते संघीय संसदका महासचिवलाई पत्र पठाएका थिए । जसमा संसदीय दलका विभिन्न नेतालाई कार्वाही गरिएको उल्लेख थियो ।

फाल्गुन २१ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल