बाँकेको
नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा आज पनि २ वटा खेल हुने भएका छन् ।
नेपालगञ्ज रंगशालामा दिउँसो १ बजे हुने पहिले खेलमा विभागीयक्लबहरु त्रिभुवन आर्मी र एपीएफ आमने सामने हुने छन् ।
आर्मीले लगातार दोस्रो जीतको खोजिमा हुने छ ।
पहिलो खेलमा आर्मीले घरेलु टोलीको रुपमा रहेको लुम्बिनी युनाइटेडमाथि ३–० को सहज जित निकालेको थियो ।
पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, आज मिती २०७७ फागुन २२ गते शनिवार तपाईको राशिफल।
एपीएफ भने पहिलो खेल खेल्दै छ ।
यसैगरी दिउँसो तीन बजे शुरुहुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी युनाइटेड आमने सामने हुने छन् ।
पुलिस दोस्रो जितको खोजिमा हुँदा लुम्बिनीभने पहिलो जितको खोजिमा हुने छ ।
बैंकबाट घर कर्जा लिदै हुनुहुन्छ ? कर्जा लिन केके चाहिन्छ ? ध्यान दिनुस् यी २३ महत्वपूर्ण कुरा
प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा तीनवटा विभागीय टिम नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोर्ट्स क्लब र लुम्बिनी युनाइटेडले प्रतिस्पर्धा गर्दै छन् ।
यो प्रतियोगिताको उपाधि बिजेताले ५ लाख पाउँदा दोस्रो हुने टिमले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना स्थान हासिल गर्ने टिमले ५० हजार प्राप्त गर्ने छ ।
हाम्रो शरीरका लागि सबैभन्दा फाइदाजनक जुस कुन हो ? खराब कुन हो ? थाहा पाउनुहोस्