Ultimate magazine theme for WordPress.

ओलीको पक्षमा प्रतिनिधिसभाका ९१ र राष्ट्रियसभाका २४ सांसद, भोलिसम्ममा १३० कट्ने

407

२२ फागुन, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाउनु भएको संसदीय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका हुन ।

बैठकपछि नेकपा राष्ट्रियसभाका प्रमुख सचेतक खीमलाल भट्टराईले सांसदहरुको उल्लेख्य उपस्थितिसँगै बैठक उत्साहपुर्ण ढंगले सम्पन्न भएको बताउनु भयो ।

‘बैठकमा १ सय १५ जना सांसद सहभागी हुनुभयो, जसमा २४ जना राष्ट्रियसभा सदस्य उपस्थित रहेको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका दलका नेता ओलीले भोलिसम्म सांसदको संख्या १ सय ३० कटने जानकारी दिनुभएको भट्टराईले बताउनु भयो ।

प्रचण्डको बुहारीका कारण रोकिएको मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने

नेकपाको माझण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी तत्कालीन खानेपानी मन्त्री विना मगरका कारण केही वर्षदेखि रोकिएको मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ ।

कहिले निजी पानी व्यापारीलाइ आयोजना प्रमुख बनाउने त कहिले ठेकेदारसँग कमिसन मागेर हैरान पारेको आरोप यसअघि मगरले खेपेकी थिइन ।

मेलम्चीको काममा विभिन्न समस्या सिर्जना भए पनि त्यसको समाधानमा मगरले खास चासो दिएकी थिइनन् ।

तर संसद विघटनसँगै मगरको बहिर्गमनपछि मेलम्चीको कामले गति लिएको थियो । केही महिनामै मेलम्चीको पानी काठमाडौँ आइपुग्ने भएपछि काठमाडौँबासी खुशी भएका छन ।

मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते परीक्षणका लागि सुरुङमा हालेको पानी आज सुन्दरीजल आइपुगेको छ ।

आयोजनाका अनुसार सुरूङबाट सामान्य अवस्थामै पानी आयो भने दुइवटा प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा पठाइनेछ ।

यद्पी आज भने सुरूङबाट आएको पानी बागमतीमा छाडिनेछ ।