२२ फागुन, काठमाडौँ ।
नेकपाको माझण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी तत्कालीन खानेपानी मन्त्री विना मगरका कारण केही वर्षदेखि रोकिएको मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ ।
कहिले निजी पानी व्यापारीलाइ आयोजना प्रमुख बनाउने त कहिले ठेकेदारसँग कमिसन मागेर हैरान पारेको आरोप यसअघि मगरले खेपेकी थिइन ।
मेलम्चीको काममा विभिन्न समस्या सिर्जना भए पनि त्यसको समाधानमा मगरले खास चासो दिएकी थिइनन् । तर संसद विघटनसँगै मगरको बहिर्गमनपछि मेलम्चीको कामले गति लिएको थियो ।
केही महिनामै मेलम्चीको पानी काठमाडौँ आइपुग्ने भएपछि काठमाडौँबासी खुशी भएका छन ।
मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते परीक्षणका लागि सुरुङमा हालेको पानी आज सुन्दरीजल आइपुगेको छ ।
आयोजनाका अनुसार सुरूङबाट सामान्य अवस्थामै पानी आयो भने दुइवटा प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा पठाइनेछ ।
यद्पी आज भने सुरूङबाट आएको पानी बागमतीमा छाडिनेछ ।