सन्नी लियोनी
पो’र्न स्टा’र बाट बलिउड प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनीको अब नयाँ अवतार हुने भएको छ।
उनले बोल्ड फिल्म भन्दा पनि पारिवारिक फिल्ममा उनको अवतार फेरिन लागेको हो।
उनी नयाँ फिल्म ‘कुछ कुछ लोचा है’मा भिन्न गेटअपमा पारिवारिक रुपमा देखिने भएकी छिन्।
‘यो मेरो पहिलो पारिवारिक फिल्म हो, यसमा मैले तमाम भारतीय गृहणीको चरित्र निर्वाह गरेकी छु,’ सन्नीले एजेन्सीसँग कुरा गर्दै भनेकी छिन्।
राम कपुरको साथमा अभिनय गरेकी सन्नीले यस फिल्ममा सज्जन नारीको चरित्र निर्वाह गरेकी छिन्।
सन्नीको पहिलो फिल्मले औसत व्यापार गरे पनि उनको बजार भाउ आकासिएको थियो।
त्यही मौकामा उनले पारिश्रमिकको दररेट पनि बढाएकी थिइन्।