Ultimate magazine theme for WordPress.

पार्टी फुटाउन प्रयास गर्नेलाई प्रतिकार गर्ने जसपा सांसदहरुको निर्णय

97

काठमाडौं ।

जनता समाजवादी पार्टी नेपालका सांसदहरुले विना सहमति सरकारमा नजान पार्टी नेतृत्वलाई सुझाव दिएको छ ।

आइतबार सो पार्टीका केही सांसदले छुट्टै बैठक आयोजना गर्दै जसपा नेपालले राखेको मागमा कुनै ‘कम्प्रमाइज’ नगर्न सुझाव दिएको प्रतिनिधिसभा सदस्य प्रमोद साहले बताए ।

रेशम चौधरीको रिहाइ, संविधान संशोधन, आन्दोलनकारी माथि लगाइएको मुद्दा फिर्ता, घाइतेलाई भरणपोषणजस्ता माग पूरा भएपछि मात्र सरकारको विषयमा कुरा गर्ने

, नभए अहिले सरकारको बारेमा कुनै कुरा नगर्न बैठकले सुझाव दिएको उनले बताए ।

कुनै दल विशेषलाई सहयोग पु-याउनका लागि कसैले पार्टी फुटाउन प्रयास गरे त्यसको प्रतिकार गर्ने, त्यसको विरोध गर्ने र पार्टीलाई फुटबाट जोगाउने सहमति भएको उनको भनाइ छ ।

उनले भने, ‘पार्टी फुटाएर भए पनि सरकार बनाउने चर्चा चलिरहेको छ, यदि पार्टी फुटाउने कदम कुनै नेताले चालेमा त्यसको प्रतिकार गर्ने र कडा विरोध गर्नेछौं ।’

बैठकमा प्रतिनिधिसभा सदस्य समेत रहेका जसपा नेपालका कार्यकारिणी समितिका सदस्य रामसहाय यादव र अमृता अग्रहरि पनि सहभागी थिए ।

उनीहरु मार्फत चैत ५ गते बस्ने कार्यकारिणी समितिको बैठकमा यो निष्कर्षलाई विधिवत रुपमा पेस गरिने उनले बताए ।