Ultimate magazine theme for WordPress.

यस कारण नेपालमा फेरि ब’न्दु’क उठ्छ: मोहन वैद्य

101

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन् ।

आइतबार नेकपा(क्रान्तिकारी माओवादी) स’म्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् ।

क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा फेरि ब’न्दु’क उठ्ने दा’बी समेत गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरू संसदवादी मूलधारमा आएको अभिव्यक्ति दिएको प्रति टि’प्प’णी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मूलधारमा नभएको र आफुहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताए ।

उनले भने–‘प्रधानमन्त्रीजीले दुईवटा कुरा भन्नुभयो । एउटा कुरा के भन्नुभो भने अब सब संसदवादी मुलधारमा आए भन्नुभो । यो झु’ठ हो । सरासर झु’ठ हो । संसदवादी मूलधारमा छैनन् ।

हामी यो व्यवस्थालाई मान्दैनौँ । त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । क्रा’न्ति गर्नुपर्छ । पहिलो कुरा त्यो हो । दो’स्रो कुरा, अब शान्तिको नयाँ युग शुरु भो भन्नुभयो ।

यो पनि झुठ हो । वि’प्लव’जीहरुले सम्झौता गर्न बित्तिकै शान्तिको युग उहाँहरुले भनेजस्तो शुरु भएको छैन । यहाँका समस्याहरु हुन, जबसम्म समाधान हुँदैन, तब’सम्म शा’न्तिको युग शुरु हुँदैन ।

सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्यु’निष्ट नामधारीहरु शहिदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ? शान्तिको संविधान छैनन् । शान्तिको युग क्रा’न्ति गरेपछि आउँछ । ब’न्दु’क उठाएपछि के हुन्छ ? ब’न्दु’क उठ्छ ।’

महासचिव वैद्य’ले मज’दुर, किसान, महिला, दलित, आ’दिबासी जनजाति, मधेसी, लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रा’न्तिको तयारी गर्नुपर्ने बताए ।