Ultimate magazine theme for WordPress.

परम्परागत खाना : सांस्कृतिक इतिहासको साक्षी

406

के तपाईंले

कहिल्यै सोच्नुभएको छ कि हामीले दिनहुँ खाने खानाले हामी कहाँको मान्छे हो भनेर चिन्न सक्छौं । संसारका विभिन्न ठाउँका मानिसहरू किन भिन्दाभिन्दै किसिमका खाना खान्छन् ?

हामीले आफैंबाट यो उत्तर पाउन सक्छौं कि किन खाद्य पदार्थ वा पाक परम्परा हाम्रो संस्कृतिको लागि कति महत्वपूर्ण छ भन्ने कुरा । खाना र संस्कृति बीचको सम्बन्ध हामीले सोचेभन्दा पनि बढी सुमधुर हुन सक्छ ।

कुनैपनि व्यक्तिले जब आफ्नो बच्चा समयमा कुनै खाना खान्छ भने उसलाई त्यो जीवनभरि नै त्यो खानाको बानी बस्छ । यसले हामीमा त्यही खानामा अभ्यस्त गराइरहेको हुन्छ ।

जस्तो नेपालमा जन्मिएका धेरैले बिहानबेलुका नै दालभात तरकारीलाई आफ्नो खानाको रूपमा लिने गर्छन् भने भारतमा साँझमा कमैले भात तरकारी खान्छन् ।

हामीमध्ये धेरैले बालापनदेखि खाँदै आएको परिकारलाई जुन भूगोल र संस्कृतिमा पुगेर पनि भुल्न सक्दैनौं । यही नै खाना र संस्कृतिको सम्बन्धको एउटा उदाहरण हो ।

संस्कृति र परम्पराको सम्बन्धको अर्को पनि उदाहरण हो बिरामी भएको बेलामा खाने खानाको परिकार । भारतमा धेरैजसो मान्छेले बिरामी हुँदा भातलाई उपेक्षा नै गर्छन् ।

तर बिरामी हुँदा थोरै भए पनि खाना नै खुवाउने चलन नेपाली संस्कृतिमा देखिन्छ । यसरी आफूलाई अभ्यस्त भएको खाना खाँदा केवल भोक मात्रै होइन, थकान समेत मेट्ने गर्छ ।

खाना संस्कृतिको एउटा महत्त्वपूर्ण भाग हो, परम्परागत खानाको निरन्तर्ता । परम्परागत खाना एक पुस्तादेखि अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आउँछ ।

यो सांस्कृतिक पहिचानको अभिव्यक्तिको रूपमा पनि सञ्चालन हुन्छ । आप्रवासीहरूले आफूसँगै देशको खानालाई समेतसँगै लिएर बसाइँसराइ गर्छन् । त्यसैले त म:म: र थकाली खाना जस्ता नेपाली परिकारले विदेशमा समेत राम्रो ख्याति कमाएका छन् । यो पनि खाना र संस्कृतिको सम्बन्धको एउटा उदाहरण हो ।

आफ्नो संस्कृति अनुसार खाना बनाउने क्रम जारी राख्नु विभिन्न आदिवासीहरूको जातीय गौरवको प्रतीक पनि हो । तर आप्रवासी बनेर गएका जातजातिले अन्यत्र बनाउने खानामा उस्तै स्वाद नपाउन पनि सकिन्छ ।

उदाहरणका लागि परम्परागत खाना बनाउनको लागि केही सामग्रीहरू सजिलैसँग उपलब्ध नहुन सक्छ । यसरी सबै सामग्री नपाउँदा यसले स्वादमा पनि असर गर्न सक्छ । जब कुनै पनि आप्रवासीले नयाँ परिकार लिएर अन्यत्र पुग्छन्, त्यो खाना केवल आप्रवासीको लागि मात्रै बेच्दैनन् । जसले गर्दा नेपाली सं‌स्कृतिबारे त्यहाँका मान्छेले समेत जानकारी राख्ने गर्छन् ।

तसर्थ ती विशिष्ट व्यञ्जनहरूको फरक स्वाद र मागको आधारमा दायरा बढाउँदै लैजानुपर्छ । मुख्य परिकारको निर्माणमा नयाँ शैली अपनाउँदा त्यसले नयाँ स्वादको सिर्जना हुन सक्छ । जुन पकवानको सांस्कृतिक महत्व अझै पनि विश्वभरि कायमै छ ।

विश्वका प्रत्येक देश वा समुदायमा अनौंठो खानाले यसको अनुपम इतिहास, जीवनशैली, मूल्यहरू र विश्वासहरूलाई प्रतिबिम्बित गर्न सक्छ । चीनमा जीवनको हरेक पक्षमा सद्भाव एक महत्त्वपूर्ण गुण हो ।

यो चिनियाँ खानामा प्रतिबिम्बित हुन्छ, जहाँ लगभग सबै स्वाद (नुन, मसलेदार, अमिलो र तीतो)को सन्तुलन मिलाएर स्वादिष्ट व्यञ्जनहरू सिर्जना गर्ने गरिन्छ ।

ऐतिहासिक रूपमा चिनियाँहरूको अलंकृत शैली छ, जुन उनीहरूको वास्तुकला, भेषभुषा र उनीहरूको खानामा देख्न सकिन्छ । तिनीहरूको विश्वास छ कि खाना केवल पौष्टिक भएर मात्रै हुँदैन । यो त देख्दा पनि आकर्षक देखिनु जरूरी छ । त्यसैले तिनीहरूले भाँडामा सजावटको लागि भाँडा नै रातो बनाउन थाले ।

संयुक्त राज्य अमेरिकाको खानाले यसको इतिहास झल्काउँछ। अमेरिकाको युरोपीय उपनिवेशले संयुक्त राज्यको परम्परागत खानालाई प्रभावित गरेर युरोपेली सामग्री र खाना पकाउने शैलीको विकास गराएको थियो । २० औं शताब्दीपछि अमेरिकामा आएका आप्रवासीहरूको संख्याले देशभरि खानाको शैलीमा विविधता ल्यायो ।

जब विश्व धेरै भूमण्डलीकृत हुन्छ, विभिन्न संस्कृतिबाट पाक कलाहरू विश्वभरि विचरण गर्छ । हामीले हाम्रो सांस्कृतिक खानामार्फत आफ्नो सम्पदालाई अँगाल्नुपर्छ ।

हामीले कसैको संस्कृतिबारे बुझ्नुछ भने उसको खानालाई राम्रोसँग अध्ययन गर्नुपर्छ । यो याद राख्नु महत्वपूर्ण छ कि प्रत्येक परिकारमा त्यहाँको सांस्कृतिक प्रभाव देखिन्छ ।