Ultimate magazine theme for WordPress.

सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक

134

१ चैत, काठमाडौं ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक परामर्श समितिको बैठक बैठक बस्दैछ ।

दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

यसअघि, दुई पटक फागुन २३ गते र २६ गते प्रतिनिधिसभाको बैठक बस्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको थिएन ।

प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्दैछ । अघिल्लो दिन सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् ।

पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध परेको रिटमाथि फैसला गर्दै सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्थापना गरेको थियो ।

त्यसपछि दुई पटक बसेको प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था समिति बस्न सकेको थिएन ।

आजको बैठकमा भने नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपाका प्रतिनिधिलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

http://khulakura.com

म कति पपुलर रहेछु भने सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता लिएको छैन: प्रधानमन्त्री ओली

‘मलाई ओलीजीले तीनवटा प्रस्ताव गर्नुभएको छ’

परम्परागत खाना : सांस्कृतिक इतिहासको साक्षी

निर्वाचन आयोग पुग्यो एमालेको विवाद, ओलीको निर्णयलाई वैधता नदिन खनाल-नेपाल समूहको माग

माधव नेपाल भेट्न प्रचण्ड पुगे नेपाल निवास