Ultimate magazine theme for WordPress.

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

198

४ चैत, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।

बिहीवार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी संसदीय दलको बैठक बोलाइको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको भट्टराईले बताए ।

गुटको नाममा पार्टीको लोगो र झण्डा दुरूपयोग गरे कारबाही गर्ने एमालेको चेतावनी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गुटका नाममा पार्टीको लोगो र झण्डाको दुरूपयोग गरे कारबाही गर्ने जनाएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै एमालेले चैत ४ र ५ गते कुनै भेला र बैठक नबोलाएको स्पष्ट पार्नुभएको छ ।

माधवकुमार नेपाल समूहले गुटको राष्ट्रिय भेला बोलाएपछि महासचिव पोखरेलले भेलामा एमालेका नेता कार्यकर्ता सहभागी भए कारबाही हुने जनाकारी गराउनुभएको छ ।

पार्टीको अध्यक्ष र महासचिव दुबैको जानकारी बिना यसरी राष्ट्रिय भेला गर्न नमिल्ने भए पनि माधव नेपाल समूहले लोगो र झण्डाको दुरूपयोग गरेर कार्यक्रम गर्ने तयारी गरेका छन ।

महासचिव पोखरेलले गुटको भेलामा सहभागी नहुन बिशेष निर्देशन दिनुहुँदै कसैको निर्देशनमा पार्टीलाई कमजोर बनाउनेकाम हुन नसक्ने बताउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमालेका सवै नेता/कार्यकर्ताहरुलाई बिशेष निर्दशन गर्दछ ।

अन्यथा मुलुकको संबिधान, पार्टी र संसदीय दलको बिधानको ब्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ ।’