काठमाडौं ।
माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ ।
सर्वोच्च अदालतले माउ पार्टी ब्यूँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताए ।
संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए ।
बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।
माधव–झलनाथ पक्षले २ दिने भेलाका निर्णय सार्वजनिक गर्दै
नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाका निर्णय केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ । भेलामा आएका सुझावलाई एकीकृत गर्न शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् ।
नेताहरुले भेलाको समीक्षा गर्दै निर्णय र आगामी कार्य योजनाबारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।
ललितपुरको सानेपास्थित हेरिटेज गोर्डेनमा भएको भेलामा नेता माधव कुमार नेपालले प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि १० समुहमा समूहगत छलफल गर्दै सुझाव समेटिएको छ ।