Ultimate magazine theme for WordPress.

केटीएम २५० एड्भेन्चर सार्वजनिक, मूल्य ७ लाख ५० हजार, बुकिङ खुला

167

काठमाडौं ।

प्रिमियम मोटरसाइकल ब्रान्ड केटीएमले केटीएम २५० एड्भेन्चर बाइक सार्वजनिक गरेको छ । कम्पनीले बुकिङ खुला पनि गरेको छ । यो बाइकको बजार मूल्य ७ लाख ५० हजार तोकिएको छ ।

नेपालमा एड्भेन्चर मोटरसाइकलको सेग्मेन्टलाई विस्तार गर्न यो बाइक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यसअघिको केटीएम ३९० एड्भेन्चर सार्वजनिक गरिएको थियो ।

 

उत्कृष्ट ह्यान्डलिङ र इञ्जिनपन्चका साथ लाइटवेट प्याकेजमा आउने यो एड्भेन्चर केटीएम परिवारको नवीनतम एडिसन रहेको कम्पनीले जनाएको छ ।

“यसको बृहत् डिस्प्लेसमेन्ट सिब्लिङको इलेमेन्टहरूको प्रयोग गरेर केटीएम एड्भेन्चर अत्यन्त विशेषताहरु प्रदान गर्दछ । जुन ट्राभल–एन्डुरो विश्वको लागि इन्ट्री प्वाइट हो,” कम्पनीले भनेको छ ।

२४८ सीसीको यो बाइकमा अत्याधुनिक डीओएचसीफोर–भल्भसिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन छ ।

इलेक्ट्रोनिक फयुल इन्जेक्सनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कÞमा प्रदर्शन संख्या बढाउन मद्दत गर्ने जनाइएको छ ।

प्राविधिक तवरले अत्याधुनिक पावर असिस्ट स्लिपर क्लचले ६–स्पीड गियर बक्सको माध्यमबाट मुभमेन्टको लागि मद्दत गर्ने जनाइएको छ ।

१४.५ लिटर ट्यांक र इन्धन कम खपत गर्ने बीएस ६ ईमिसन इन्जिन प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

हन्सराज हुलासचन्द एन्ड कम्पनीका एजीएम विजय मोक्तानले एड्भेन्चर यात्रामा बढ्दो प्रवृत्ति देखिएको र बाह्य अन्वेषणमा रुचि बढ्दो रहेको बताए ।