Ultimate magazine theme for WordPress.

उहाँले फुटाए पनि हामी पार्टी फुटाउँदैनौँ : नेपाल

135

नेपाल

कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताउनुभएको छ ।

‘आज एक जनाले मसँग विनम्र भावले केपी ओलीसँग मिल्नको लागि उहाँले जे कारबाही गर्नुहुन्छ सहनुहोला, पार्टीबाट निकालेमा पनि चुपचाप सहेर बसिदिनुहोस्’ भन्नुभयो ।

मंगलबार नेपाल पक्षको अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताउनुभएको हो । उहाँले स्पष्टिकरणबाट आफूहरू नतर्सेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज एक जनाले मसँग विनम्र भावले केपी ओलीसँग मिल्नको लागि उहाँले जे कारबाही गर्नुहुन्छ सहनुहोला, पार्टीबाट निकालेमा पनि चुपचाप सहेर बसिदिनुहोस्’ भन्नुभयो ।

‘के त्यही बाटोमा हामी जाने हो ? के घुँडा टेक्ने बाटोमा नै हामी जाने हो ? हामी के आत्मसमर्पणको बाटोमा जाने हो ? के केपी ओलीको टाङ्मुनी छिर्ने हो ? यो कुरा हामीलाई किमार्थ मञ्जुर छैन ।’

उहाँले केपी ओलीको कथित स्पष्टिकरणबाट आफूहरू नतर्सिएको र आतंकित पनि नभएको बताउँदै त्यसको सामना गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।
नेपालले ओली पक्षले सोधेको स्पष्टिकरणबाट भागेर मैदान नछाड्ने र पार्टी पनि नफुटाउने दृढता व्यक्त गर्नुभयो । उहाँले अध्यक्ष ओली पार्टी विभाजनको पक्षमा रहेपनि आफूले पार्टी नफुटाउने स्पष्ट पार्नुभयो ।

भन्नुभयो, ‘हामी मैदान छोडेर भाग्ने छैनौं र पार्टी पनि फुटाउँदैनौं । पार्टी फुटाउने केपी ओली हुन् । पार्टी फुटाउँछन् भने उनै ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं, पार्टीलाई एकताबद्ध बनाउछौं ।’

आफू कहिले पनि अलमल र द्विविधामा नपरेको स्पष्ट पार्दै नेता नेपालले आफूले चुनौतीको सामना गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘कस्ता कस्ता कहाँ आए केपी ओली मेरो सामुन्ने’ ।

केपी ओलीको अहिलेको चुरिफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुञ्जेल मात्रै हुने पनि उहाँको दाबी छ । केपी ओली र आफूहरूको बीचमा प्रवृत्ति र विचारको लडाईं भएको पनि उहाँले बताउनुभयो ।

ओलीमा व्यक्तिवादी प्रवृति हावी रहेको र आफूले सँधै सङ्गठनलाई केन्द्रमा राखेर सोच्ने गरेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो ‘हाम्रो प्रवृत्ति सामूहिकतावादी छ । आफूलाई व्यक्तिवादी र केन्द्रमा राखेर चल्ने प्रवृत्ति केपी ओलीमा मात्र छ । हामीले सङ्गठनलाई केन्द्रविन्दुमा राखेर चल्ने कुरालाई प्रोत्साहित गरेका छौं ।

हामीमा त्यो खालको सङ्गठनवादी प्रवृति छ ।’

आजको जनआस्थासाप्ताहिक समाचार छ ।