Ultimate magazine theme for WordPress.

स्वास्थ मन्त्रालय ले मध्य राती लकडाउन सम्बन्धि यस्तो कडा निर्देशन निकाल्यो

380

काठमाडौं ।

शिक्षा मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई विद्यालय निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमण पुनः बढ्न थालेको सन्दर्भमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसहित आज मन्त्रालयमा बसेको बैठकमा कोभिड–१९ को संक्रमण र त्यसबाट हुने जोखिमबारे शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्न सक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरिएको छ ।

 

मन्त्रालयले सम्बन्धित सवै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सबै प्रकारका शिक्षण संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डको पालना गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा ‘प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्ण रूपमा पालन गर्न, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन–पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन अनुरोध’ गरिएको छ ।

यसका साथै शिक्षण संस्थाहरूमा सभा–समारोह, वार्षिकोत्सवजस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न÷नगराउनसमेत मन्त्रालय अनुरोध गरेको छ ।

मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७” को पूर्ण रूपमा अनुसरण गर्न र उक्त कार्याढाँचाको अधिनमा रही स्थानीय सरकारबाट निर्णय भएबमोजिम गर्न अनुरोध गरिएको छ ।