Ultimate magazine theme for WordPress.

आजैबाट लागु हुने गरि सर्वसाधारणका लागि उपत्यकाका यी ३ जिल्लामा लागु भयो यस्तो नियम..

398

कोरोना

भाइरस संक्रमणको जोखिम फेरि बढेपछि उपत्यकाका तीन जिल्लामा उच्च सतर्कता अपनाइएको छ।

जनस्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिलाई कारबाही गरिने भएको छ।

काठमाडौं उपत्यकामा केही दिनयता संक्रमितको संख्या वृद्धि भएपछि जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको हो।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार प्रेस विज्ञप्तिमार्फत संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने जनाएका छन्।

पछिल्लो २४ घण्टामा बुधबार काठमाडौंमा ५३ जना नयाँ संक्रमित फेला परेका छन्। ललितपुरमा ८ र भक्तपुरमा २ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भीडभाड नगर्न अनुरोध गरेका छन्।

पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको भन्दै उपत्यकाका ३ जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रोक्नका लागि अपनाइने मापदण्ड पालनमा कडाइ गर्ने भएको छ ।

उपत्यकाका तीन जिल्लाले कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका हुन् ।

कोरोना संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सोसिएल डिस्टेन्स लगायतका मापदण्ड पालना गर्न कडाई गर्ने निर्णय भएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दै घर बाहिर निस्कँदा सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कार्वाही गर्ने बताएका छन् ।

चैत १५ र १६ गते होली पर्वलाई घरमै मनाउन समेत जिल्ला प्रशासनहरुले आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

रात्रिकालीन व्यवसायहरु राति ११ बजेपछि सञ्चालनमा रोक लगाउने निर्णय भएको छ ।