Ultimate magazine theme for WordPress.

मोडल निलमले दिए बोल्ड प्रस्तुती, हेराैँ तस्विर

269

मोडलिङ

नेपाली मोडलिङ र मेकअप आर्टिस्टको दुनियामा चर्चित नाम । मेकअपका कारण अति सुन्दर देखिएका निलम पौडेल हुन् । उनको बारेमा खोल्ने हो भने उनि एउटा ट्रान्जेनडर अर्थात् तेस्रो लिं-गी हुन् ।

तर आफ्नो समुदाय मात्र नभएर उनि सबैको लागि प्रेरणाको श्रोत बनेकी छिन् । धेरै मिडियामा उनको बारेमा अनेकन कुराहरु आईसकेको छ ।

उनले सधै सबैको जस्तै तेस्रो लिं-गीहरुले पनि उत्तिकै महत्व र अवसर प्राप्त गर्नु पर्छ भन्ने बताउदै आएकी छिन् ।

यहि अनुरुप उनले आफ्नै नाममा तेस्रो लिंगी समुदाय र महिला बर्गलाई समेटेर निलम फेसन रनवे कार्यक्रमको आयोजना गरेकी छिन् ।

धेरै जना संगको सहकार्य र सहयोगको कारण उनले गत शनिबार ठमेलको फरेन्हाईट क्लबमा भब्य कार्यक्रम गरेकी छिन् । उनि संगको कुराकानीमा कार्यक्रम निकै राम्रो भएको र सफल समेत भएको खुलेको छ । करिब राति ९ बजे देखि सुरु भएको कार्यक्रम १२ बजे सम्म चलेको थियो ।

त्यस पश्च्यात उक्त क्लबमै कार्यक्रमको सफलताको पार्टी समेत भएको थियो । कार्यक्रममा २३ मोडलले भाग लिएका थिए । उनीहरुको पहिरन र प्रस्तुति निकै लोभलाग्दो देखिएको थियो ।

कार्यक्रम हेर्न आउनेको भिड पनि उस्तै नै थियो । एक हिसाबले भन्ने हो भने निलमले धेरैको अगाडी एउटा छुट्टै उदहारण स्थापित गरेकी छिन् । कार्यक्रममा चिरपरिचित मोडलहरुको लागि उपस्थिति थियो । कार्यक्रमलाई क्रमश इन्टरटेनमेन्टले आयोजना गरेको हो ।

कार्यक्रमको लागि १ हफ्ता अगाडी नै अडिसन लिएर निकै दिन देखि तयारी भएको थियो । कार्यक्रम भाग लिएका मोडलहरु संग कुराकानी गर्दा कार्यक्रममा भाग लिएर आफुहरुले निकै कुरा सिक्ने मौका पाएको समेत बताएका थिए ।

नेपाली बजारमा यस्ता कार्यक्रमहरु धेरै नै हुने गरेको छ यस हिसाबले पनि यो कार्यक्रम कुनै नौलो भने होइन । तर जुन हिम्मतका साथ आफु तेस्रो लिंगी भएर पनि आफ्नो समुदायको लागि निलमले यस्तो कार्यक्रम गर्ने प्रयास गरिन त्यो भने तारिफ योग्य नै देखिन्छ ।

कार्यक्रममा उपस्थित सबैले निलमको यो प्रयासलाई खुलेर साथ दिए र आगामी दिनमा फेरी पनि यस्ता कार्यक्रम गर्न हौसला र सुझाब समेत दिए ।